शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको चन्द्रौटा बजार नजिक बम विस्पोट

आइतबार, १७ मङ्सिर २०७४, १९ : १९
आइतबार, १७ मङ्सिर २०७४

चुरामणि अर्याल

कपिलवस्तु – यहाँको चन्द्रौटा बजार नजिक आज आइतबार साँझ बम बिस्पोट भएको छ । शिवराज नगरपालिका वडा नं.–५ चन्द्रौटा बजार नजिक रहेको कवाडी थुपार्ने ठाउमा साँझ विस्पोटक पदार्थ बिस्पोट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव उपरिक्षक राज कुमार सिलवालले जानकारी दिए ।

त्यहाँका स्थानियले सुरुमा गाडीको टायर पढ्किएको होला भनेर खासै नआत्तिएको पछि प्रहरी पुगेपछि विस्पोटक पदार्थ भएको पुस्टि भएपछि स्थानिय त्रसित भएका थिए । बम बिस्पोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ ।

अहिले त्यहा सुरक्षा ब्यस्था कडा पारिएको र कसले बिस्पोट गराएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । केहि दिन यता जिल्लामा दिनहुँ बिस्पोटका घटना हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप