एमाले पर्साको निर्वाचनमा विवाद, धाँधली भएको भन्दै तालाबन्दी
वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले पर्साको पदाधिकारी तथा सदस्यहरू छनौटका लागि आज हुने भनिएको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । निर्वाचन प्रक्रियामा संस्थापन पक्षबाट धाँधली भएको भन्दै एक पक्षले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।
एमाले पर्सा नेता लालबाबु शेख पक्षधरले निर्वाचन समितिबाट धाँधली भइरहेको आरोप लगाउँदै तालाबन्दी गरेपछि अहिले निर्वाचन प्रक्रिया रोकिएको छ । बिहान ११ बजेदेखि हुने भनिएको निर्वाचन अहिलेसम्म मतदान प्रक्रियामा अगाडि बढ्न सकेको छैन ।
निर्वाचनमा अवैधानिक प्रतिनिधि छनौट, एक व्यक्तिको दुई ठाउँमा उम्मेदवारी मनोनयनसहित अन्य प्रक्रियामा संस्थापन पक्षले धाँधलीपूर्ण क्रियाकलाप गरेको भन्दै शेख पक्षधर समूहले निर्वाचन समितिको गेट अगाडि विरोध गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरी बाँकी प्रक्रिया स्थगन गरिएको थियो ।
शेख पक्षधरका हनिफ मियाँले निर्वाचनमा एकलौटी हुन थालेपछि आफूहरूको समूहले त्यसको विरोध गर्दै तालाबन्दी गरेको जनाएका छन् ।
उनले भने, ‘महानगरको ३ वडाका महेश दासको नाम ६ नम्बर वडाबाट नियम विपरीत सिफारिस भएको छ, एउटै व्यक्तिको सदस्य तथा अन्य पदमा उम्मेदवारी परेको छ । तर ऊ व्यक्ति एउटामा निर्विरोध भइसकेको छ भने अर्को पदमा दाबेदारी गरिरहेको छ । यस्ता गम्भीर त्रुटिहरू भेटिएपछि आफ्नो पक्षले विरोध गरेको हो । जसअनुरूप तालाबन्दी भएको हो ।’
उनका अनुसार सदस्यमा निर्विरोध भइसकेकी गीता भण्डारीको पुनः अर्को पदमा उम्मेदवारी परेको छ । उनले भने, ‘एक ठाउँमा निर्विरोध भइसकेपछि अर्को ठाउँबाट उनको नाम हटिनुपर्ने हो । तर हटाइएको छैन, योसँगै प्रतिनिधिका लागि जुन वडामा नाम छ त्यहीबाट नाम सिफारिस भएर आउनुपर्ने नीति छ, अर्को वडाबाट प्रतिनिधि हुनका लागि केही प्रक्रियाहरू पूरा गरेर आउनुपर्छ । तर यहाँ केही प्रक्रिया पूरा नगरीकन धाँधलीपूर्ण हिसाबले ३ वडाका दासको नाम रीत नपुर्याइकन सिधै ६ नम्बरबाट आएको छ ।’
यही त्रुटिहरू सुधारको माग गर्दै आफूहरूले तालाबन्दी गरेको उनको भनाइ छ । माग सम्बोधन नभएसम्म आफूहरूले निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने उनले बताए ।
बिहीबार अध्यक्ष पदमा भने डा.विश्वम्भर शर्मा निर्विरोध निर्वाचित भएका थिए भने केही सदस्यहरू पनि निर्विरोध निर्वाचित भएको नामावली प्रकाशन भएको थियो । बाँकी पदका लागि आज बिहानदेखि निर्वाचनको समय तोकिएको थियो ।
एक पक्षले विरोध गर्न थालेपछि एमाले पर्साको निर्वाचन प्रक्रिया अहिले रोकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन अधिकृत भोजराज ढकालले भने कुनै पक्षले तालाबन्दी नगरेको दाबी गरे । उनले भने,‘ निर्वाचनका लागि सबै प्रक्रिया पूरा गरेर हामी मतदान सुरु गर्नका लागि अगाडि बढ्दै थियौं, तर केही असन्तुष्ट साथीहरुले निर्वाचनमा निर्वाचन प्रक्रियामा असहमति जनाउँदै विरोध जनाउँन थाल्नु भयो । त्यसपछि हामीहरुले ताला लगाएर हिँडेका हौं ।’
उनका अनुसार तर त्यसको बाबजुद पनि अहिले अध्यक्षमण्डलहरुबीच छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण