हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले थाल्यो छानबिन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ ।
हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
उनले यसबारे छानबिन गरिएको बताए । बुढाथोकीका अनुसार यो विषय छानबिनका लागि मन्त्रालयका अतिरिक्त सचिवसहितको टोली झापा पठाइसकिएको छ । उनले भने, ‘दीर्घरोगी, भोकोपेट भएका व्यक्तिले हात्तीपाइले विरुद्धको औषधी सेवन गर्नले उल्टी आउने गरेको छ, तर निधन भएको कुनै केस छैन ।’
उनले अगाडि भने, विश्वभरमा खुवाइरहेको हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण मृत्यु हुनु संयोग मात्रै हो,’ उनले भने, ‘यदि हो भने करोडौँमा एक जना हुन्छ ।’
भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको बिहीबार हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको बताइएको छ ।
झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण