आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सडक निर्माणको विवादमा बजार बन्द

बुधबार, १२ पुस २०७४, १२ : ३४
बुधबार, १२ पुस २०७४

सम्राट सिंह
बझाङ –चैनपुर बजारका व्यापारीहरुले शून्य बिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जुलुस सहित बजार बन्द  गरेका छन । 

जयपृथ्वी नगरपालिकाले शुन्य बिन्दुबाट सडक निर्माण नगरी जथाभाबी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरुले आन्दोलित भएर नारा जूलुस सहित चैनपुर बजार बन्द गरेका हुन ।

आज चैनपुरका व्यापारीहरुले शुन्यबिन्दुबाट सडक निर्माण गर्न तथा विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरुको व्यवस्थापन गर भन्दै नारा जूलुस गरेका थिए । 

नगरपालिकाले मापदण्ड नबनाएर सिधै टिनका पसलहरुमा डोजर प्रयोग गरी चैनपुरका धेरै पसलहरुमा भत्काएपछि व्यापारीहरु आन्दोलित भएको स्थानिय व्यापारी नरेन्द्र खडकाले बताए । 

जयपृथ्वी नगरपालिकाको सडक फराकिलो पार्ने काम सरानिय भएको तर मापदण्ड बनाएर नगरपालिकाले शुन्य बिन्दुबाट कच्चि तथा पक्की घर सबै फालेर सडक फराकिलो पार्नुपर्ने उनको भनाइ छ । 

जयपृथ्वी नगरपालिकाले नगरलाई स्वच्छ, सुन्दर, हराभरा तथा सडक फराकिलो पार्ने कामको चैनपुरबासीहरुले स्वागत गरेका छन तर सडकमा परेका पक्की घर बचाउने र सडक भन्दा टाढा रहेका टिनका पसलहरु मात्र हटाउने कामको बिरोध गरेका हुन् । 

हालै भोट दिएर विजयी बनाएका जनप्रतिनिधीहरुले नै आफूहरुको  गुजारा खोस्न लागेको चैनपुरका व्यापारी लोकेन्द्र खडकाले बताए ।

चैनपुरका व्यापारीहरुले आजै नगरपालिकालाई मापदण्डमा रहेर सडक निर्माण गराउन ज्ञानेन्द्र बहादुर सिंहको संयोजकत्वमा २१ सदस्यीय सङघर्ष समिति गठन गरेको छ । 

नगरपालिकाले यसरी सिधै डोजर प्रयोग गर्दा सानो लगानीमा व्यवसाय गरीरहेका व्यापारीहरु विस्थापित हुने भएका छन् । चैनपुर बजारमा नगरपालिकाले भनेअनुसार ७ मिटरको सडक निर्माण गरे चैनपुर बजारका झण्डै ५०÷६० घर भत्काउनुपर्ने अवस्था रहेको छ ।

यता जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बजार अव्यवस्थित भएकाले बजारमा रहेका टिनका पसलहरुमा डोजर प्रयोग गरेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप