शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान

शनिबार, २२ वैशाख २०८१, २२ : २६
शनिबार, २२ वैशाख २०८१

बारा । बारा–४ का सङ्घीय सांसद किसान श्रेष्ठले फेटा गाउँपालिका– १ चिलझप्टी गाउँका आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका  छन् । सांसद श्रेष्ठले शनिबार आफ्नो निर्वाचन क्षेत्रका अग्नि पीडित परिवारलाई दैनिक उपभोग्य वस्तु र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री प्रदान गरेका हुन् । 

शुक्रबार फेटा गाउँपालिका वडा नं १ चिलझप्टी गाउँका ४ घरमा अचानक आगलागी भएर पूर्ण रूपमा क्षति भएको थियो । जसमध्ये मेवालाल ठाकुर, श्रीलाल राउत, सुदर्शन ठाकुर र बहुदिया रेवीको घर पुर्णरुपमा जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ । आगलागीको घटनामा सशस्त्र प्रहरी, स्थानीयहरू र दमकलको सहयोगबाट आगो समयमै नियन्त्रणमा लिएका कारण मानवीय र चौपायाको क्षति भने हुनबाट बचेको थियो । 

उक्त घटनामा सांसद श्रेष्ठले दुःख व्यक्त गदै सरकारको तर्फबाट राहत प्रदान गर्न सक्दो पहल गर्ने बताएका छन् ।  ‘बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर–१ चिलझप्टी गाउँमा  आगलागीबाट चार घर जलेर नष्ट भएको खबरले मर्माहत भएको छु, प्रतिकुल स्वास्थ्य स्थितिका कारण पीडितसामु पुग्न सकिन’ सङ्घीय सांसद श्रेष्ठले भने– ‘मेरै निर्वाचन क्षेत्रमा यति ठुलो घटना हुँदा पनि प्रतिकुल स्वास्थ्य स्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसक्दा क्षमाप्रार्थी छु ।’

सांसद श्रेष्ठले आगलागी पीडितको स्थायी आवास निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।  ‘पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि मेरो तर्फबाट सक्दो प्रयास गर्नेछु’ उनले भने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप