शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते

शनिबार, २२ वैशाख २०८१, २२ : १७
शनिबार, २२ वैशाख २०८१

गुल्मी। गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घटनामा एक जना महिला घाइते भएकी छन् ।

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रेसुंगा नगरपालिका १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका  डीएसपी शंकर पोखरेलले रातोपाटीलाई बताए ।

उक्त घटनामा ५५ वर्षीया हुमकला राना घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा गुल्मीमा उपचार भइरहको छ । उनीहरुसहित ६ जना गाउँले माटो लिनका लागि चौराहास्थित माटोखानीमा पुगेको र माटो खन्ने क्रममा एक्कासी ढिस्को खसेर पुरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप