आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत

आइतबार, ०६ फागुन २०७४, ०८ : २२
आइतबार, ०६ फागुन २०७४

काठमाडौं - काठमाडौंको काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।

गत माघ २७ गते कागेश्वरी मनहरा नगरपालिका–८ स्थित काँडाघारीमा १३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा २२ बर्षिय दिनेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

‘बलात्कारमा संलग्न उदयपुरका दिनेश गुरुङ लाई हामीले नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’

बारा स्थायी घर भएकी बालिकालाई काँडाघारी स्थित एकान्त ठाउँमा लगेर उदयपुरको कटारी नगरपालिका स्थायी घर भएका गुरुङले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

गुरुङलाई शनिवार बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको डिएसपी पौडेलले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप