शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुडिरहेको ट्याक्सी खेतमा खस्यो, ४ जना घाइते

बुधबार, १२ वैशाख २०७५, १७ : ०८
बुधबार, १२ वैशाख २०७५

प्रेम सुनार
गुृल्मी– छिमेकी जिल्ला बाग्लुङ्गको बडीगाड गाउपालिका ६ भिङखाल बजार नजिकै धाईरीघाटमा ट्याक्सी दुर्घटना भएको छ ।

बुर्तिवाङबाट ग्वालिचौर तर्फ आईरहेको ध १ ज ८०२ नं को ट्याक्सी मध्यपहाडी लोकमार्गको धाईरीघाट देखी २० मिटर तल खेतमा खसेर दुर्घटना हुँदा तीन युवती र चालक सहित ४ जान घाईते भएका छन् ।

ग्वालिचौर स्थित भानु माबि परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा दिन आईरहेका तीन परीक्षार्थी (छात्रा) र चालक सहित चार जना घाईतेलाई खार स्थित स्वास्थ्य केन्द्रमा एम्बुलेन्सबाट लगिएको छ ।

घाईते हुनेहरुमा चालक ढोरपाटन नगरपालिका ७ का यम कुमार अदै, परीक्षार्थी ढोनपा ४ की वर्ष १८ की मनिषा पाली, ढोनपा १ की वर्ष १९ की सीता जीसी र ऐ की सुनिता थापा रहेका छन् ।

घाईतेहरुको खारबजार स्थित बडीगाड हस्पिटल प्रा लि मा उपचार हुँदै गरेको इलाका प्रहरी कार्यलय भिमगिठेका प्रमुख भोज बहादुर बानियाँले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप