सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?

शुक्रबार, १४ वैशाख २०८१, ११ : ४६
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘महाजात्रा’ आज शुक्रबारबाट प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म गत वर्षको चैत्र ९ गते रिलिज भएको थियो । फिल्म ५१ औँ दिन मनाउन सक्ने निर्माण युनिटको अनुमान छ ।

‘जात्रा’ को तेस्रो सिक्वेलको रूपमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् । प्रदीपका अघिल्ला फिल्महरूले पनि ५१ औँ दिनको यात्रा तय गरेको थियो ।

निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले फिल्मलाई मन पराउनु सबैभन्दा ठुलो सफलता रहेको बताउँछन् । ‘हाम्रो फिल्मले विश्वभर रहनु भएका नेपालीलाई मनोरञ्जन दिएको छ । म लगायत मेरो टिमलाई प्राप्त भइरहेको सन्देशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ’, निर्देशक भट्टराईले भने । 

भट्टराई निर्देशित ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ ले पनि ५१ औँ दिनको यात्रा तय गरेको थियो । ‘महाजात्रा’ मा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप