न्युरोडबाट सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ
काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चार जना नेपाली छन् । पक्राउ पर्नेमा भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पक्राउ पर्नेमा झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल, सोही स्थानका २२ वर्षीय भरतराज खरेल, दार्चुलाका २१ वर्षीय आयुष बडू र सोही स्थानका ४७ वर्षीय गणेशदत्त बडु रहेका छन् ।
बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
‘रकम र सुनका विस्कुटसहित सात जना पक्राउ परेका छन् । केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ’, रेग्मीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण