न्युरोडबाट सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चार जना नेपाली छन् । पक्राउ पर्नेमा भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पक्राउ पर्नेमा झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल, सोही स्थानका २२ वर्षीय भरतराज खरेल, दार्चुलाका २१ वर्षीय आयुष बडू र सोही स्थानका ४७ वर्षीय गणेशदत्त बडु रहेका छन् ।
बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
‘रकम र सुनका विस्कुटसहित सात जना पक्राउ परेका छन् । केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ’, रेग्मीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान
-
उद्योगमन्त्री चौधरीको राजीनामाबारे मुख्यमन्त्री शाह भन्छन् – हामी छलफलमै छौँ