पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं माओवादी संसदीय दलका नेता राजकुमार शर्माले कसैले कसैलाई दोष लगाएर केही नहुने बताएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलको विश्वासको मतका लागि प्रस्तावमाथि छलफलका क्रममा बोल्दै शर्माले राजनीतिक दलहरूले गरेका गल्तीहरू स्विकार्नु बाहेक विकल्प नरहेको बताए ।
शर्माले संघीयता कार्यान्वयनका सम्बन्धनमा समस्याहरू प्रशस्त रहेको बताउँदै संघीयताको विषयमा हावादारी प्रश्नहरू उठाउने प्रयास भइरहेको बताए ।
संघीयता कार्यान्वयनमा सबैले हातेमालो गर्नुपर्ने र भएका समस्याहरूको समीक्षा गरेर सबै दलहरूले समाधानको बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । आफूले सुरु गरेको बर्सेनि १० हजार युवाहरूलाई रोजगारी दिने कार्यक्रम नयाँ मुख्यमन्त्रीले कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरे ।
माओवादीले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने बुधबार नै निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण