आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन

बिहीबार, १३ वैशाख २०८१, १६ : २६
बिहीबार, १३ वैशाख २०८१

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं माओवादी संसदीय दलका नेता राजकुमार शर्माले कसैले कसैलाई दोष लगाएर केही नहुने बताएका छन् । 

मुख्यमन्त्री यामलाल कँडेलको विश्वासको मतका लागि प्रस्तावमाथि छलफलका क्रममा बोल्दै शर्माले राजनीतिक दलहरूले गरेका गल्तीहरू स्विकार्नु बाहेक विकल्प नरहेको बताए । 

शर्माले संघीयता कार्यान्वयनका सम्बन्धनमा समस्याहरू प्रशस्त रहेको बताउँदै संघीयताको विषयमा हावादारी प्रश्नहरू उठाउने प्रयास भइरहेको बताए ।

संघीयता कार्यान्वयनमा सबैले हातेमालो गर्नुपर्ने र भएका समस्याहरूको समीक्षा गरेर सबै दलहरूले समाधानको बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । आफूले सुरु गरेको बर्सेनि १० हजार युवाहरूलाई रोजगारी दिने कार्यक्रम नयाँ मुख्यमन्त्रीले कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरे ।  

माओवादीले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने बुधबार नै निर्णय गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप