कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
पोखरा । नेपाल र चीनको सिमाना कोरला नाका क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीले संयुक्त गस्ती गरेका छन् । बुधबार संयुक्त गस्ती गरिएको हो ।
सीमा नाकामा हुन सक्ने चोरी निकासी नियन्त्रण र आपराधिक गतिविधि रोक्न गस्ती गरिएको छ । मुस्ताङमा रहेको २४ नम्बर स्तम्भदेखि २३ नम्बर स्तम्भसम्म पैदल गस्ती गरिएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । ‘धेरै पहिलेदेखि पहल भइरहेको थियो आज सफल भयौँ,’ उनले भने, ‘गस्तीपछि दुवै देशका सुरक्षा निकायमा विश्वासको वातावरण समेत विकास भएको छ ।’

गस्तीका क्रममा कुनैपनि अवाञ्छित गतिविधि नदेखिएको उनको भनाइ छ । कोरला नाका विस्तारै व्यापारिक नाकाको रूपमा विकास भइरहेको छ । चीनतर्फ नाका खोल्न संरचना तयार भएका छन् । नेपालतर्फ भने आवश्यक पूर्वाधार बनाइएको छैन । चीनले नाकामै भन्सार र क्वारन्टिन बनाएको छ । नेपाल सरकारले नाका भन्दा २२ किलोमिटर वर नेचुङमा अस्थायी संरचना बनाएर भन्सार राखेको छ ।

पाण्डेका अनुसार नेपाल चीनको संयुक्त गस्ती यो पहिलो हो । ‘यसअघि पैदल गस्ती भएको थिएन । पहिलो पटक सुरुआत भएको छ,’ उनले भने, ‘साथसाथै आगामी दिनमा गस्ती जानका लागि पनि नजिर स्थापित भएको छ ।’ चीनले कोरला नाकालाई बढी संवेदनशील मानेको छ । खासगरी तिब्बती शरणार्थीबाट चीन त्रसित छ ।
गस्तीमा नेपाली पक्षबाट इलाका प्रहरी कार्यालय लोमान्थाङका प्रहरी नायव निरीक्षक सुशील लामिछानेको नेतृत्वमा ८ जना प्रहरी टोली र चिनियाँ पक्षबाट कोरलानाका स्थित लिजी प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर टिसेन्डर दोर्जेको नेतृत्वमा ८ जना चिनियाँ प्रहरी सहभागी थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण