शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनार्दनको आह्वानपछि राष्ट्रिय सभागृहमा एक मिनेट तालीको गडगडाहट

बिहीबार, ०३ जेठ २०७५, १० : ००
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– पार्टी एकता घोषणा कार्यक्रममा नेकपाका नेता जनार्दन शर्माले स्वागत मन्तव्य राखेका छन्  ।

उनले सो क्रममा असोज १७ गतेबाट सुरु भएको एकता प्रकृया जेठ ३ मा आएर पुरा भएको बताए । 

उनले एकता नेपाल र नेपाली जनताको पक्षमा भएको भन्दै यो कार्यभार पुरा गरेकोमा नेताद्धय केपी ओली र प्रचण्डलाई विशेष धन्यवाद दिएका थिए । 

उनले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ६९ वर्ष २५ दिनमा पार्टी फुटका श्रृङखलाहरु पार गर्दै आजसम्म आइपुगेको र आज सवैभन्दा ठुलो खुशीको दिन भएको बताए । उनले यो खुशीको अवसरमा उपस्थित

सवैलाई ताली बजाउन आग्रह गरेका थिए । शर्माको उक्त आग्रहपछि राष्ट्रिय सभागृह हलमा एक मिनेटसम्म तालीको गडगडावट भएको थियो ।

पार्टी एकतापछि मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकास, स्थिरता र सम्बबृद्धितर्फ अघि बढ्ने भएकाले एकता महत्वपूर्ण भएको बताए । 

उनले एकीकृत पार्टी संगठनमा सुदृढ, मजबुत हुने पनि बताए । शर्माले अध्यक्ष ओली र प्रचण्डले भनेजस्तै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सवै नेता कार्यकर्ता कटिबद्ध भएर लाग्नुपर्ने बेला भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप