फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस सम्पन्न, विजेताहरूलाई थाइल्याण्डको टिकट
काठमाडों । गत आइतवारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न भएको हो । उक्त साताव्यापी प्रतियोगितामा चौध वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल चालिस (४०) जना विजेता र उपविजेता छनोट भएका छन् ।
एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल त्रियानब्बे (९३) खेलाडीहरूले भाग लिएका थिए । विजेताहरूले थाइल्याण्डसम्मको हवाई टिकट पुरस्कार स्वरूप पाएका छन् भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाएका छन् ।
शनिवार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण गर्दै नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुलले बालबालिकाहरुको चरित्र निर्माणमा खेलकुदको महत्त्वपूर्ण भूमिका हुने बताए । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकैप्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै