शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्छः निधि

बिहीबार, २८ असार २०७५, १७ : ४३
बिहीबार, २८ असार २०७५

काठमाडौँ– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।  उपसभापति निधिले आज बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल भ्रमणमा रहुनभएका फोरम अफ फेडेरेशन्सका एसिया÷अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजसँग भएको भेटमा प्रदेशको पूर्वाधार विकासमा जोड दिएका हुन् । 

उनले पर्याप्त साधन स्रोतबिना प्रदेश सरकारलाई काम गर्न कठिनाइ हुने उल्लेख गर्दै प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी समृद्धिका आधार खोज्नुपर्ने विचार व्यक्त गरे । 

सो अवसरमा निर्देशक गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेसन्सले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्वाधार र जनप्रतिनिधिको सशक्तीकरणमा जोड दिनुपर्ने उल्लेख गरे । 

सुशासनका क्षेत्रमा कार्यरत फोरम अफ फेडेरेशन्सका अन्तर्राष्ट्रिय संस्थामा क्यानाडा, अष्टे«लिया, जर्मनी, स्वीट्जरल्याण्डलगायतका १० राष्ट्र आबद्ध छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप