आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी जन्माएको भन्दै घर निकाला

बिहीबार, ०३ साउन २०७५, ०९ : २०
बिहीबार, ०३ साउन २०७५

इनरुवा - सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छन् । 

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताए । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताइन् । 

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी थिइन्। विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमान्ले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताइन्। दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउउँदै साहले घर फिर्ता आएर रु १० लाख लिएर आउनुपर्ने माग श्रीमान्ले गरेको बताइन्। 
आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताइन् । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप