मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नानचाङको सुन्दर ‘स्काइलाइन’ : रातमा यसरी हुन्छ झलमल (फोटो)

सोमबार, ०७ साउन २०७५, ०८ : ३१
सोमबार, ०७ साउन २०७५

जियाङ्सी (चीन)– दक्षिणपूर्वी चीनमा रहेको जियाङ्सी प्रान्तको राजधानीनानचाङ तीव्र विकासको क्रममा छ । 

याङत्जे नदीको किनारमा अवस्थित यो शहरको इतिहास २ हजार वर्षभन्दा पूरानो रहेको छ । यो शहरलाई युझाङ र होङ्दु पनि भनिन्थ्यो ।

५२ लाख बढी जनसंख्या भएको नानचाङ मध्य चीनको तेस्रो ठूलो शहर हो  । यसको पश्चिममा जुइलिङ पहाड रहेको छ भने पूर्वमा पोयाङ ताल रहेको छ ।

यो शहरलाई ‘हिरोहरुको शहर’ पनि भनिन्छ किनभने यसलाई जनसेनाको जन्मस्थल वा जनसेनाको झण्डा पहिलो पटक उठाएको स्थानको रुपमा मानिन्छ ।

 

अहिले यो शहरमा तीव्र रुपमा विकास परियोजनाहरु अघि बढिरहेको पाउन सकिन्छ । जियाङ्सी प्रान्तको चिनियाँ कम्युनिष्ट पार्टीकी प्रचार विभाग प्रमुख शीसि आलिनकाअनुसार गतवर्ष यहाँको कूलग्राहस्थ उत्पादनको बृद्धि दर ८.९ प्रतिशत रहेको थियो ।

न्येसनल जियोग्राफीको एक रिपोर्टअनुसार पनि पछिल्लो समय चीनमा प्रत्येक चार मिनेटमा एउटा गगनचुम्बी भवनहरु बनिरहेको छ । नानचाङमा पनि अग्ला–अग्ला भवनहरु, सडक सञ्जाललगायत पूर्वाधरको प्रशस्त विकास भएको देख्न सकिन्छ । यहाँ थुप्रै गगनचुम्बी भवनहरु निर्माणाधिन रहेको छन् ।

रातको समयमा नानचाङको ‘स्काइलाइन’ झनै सुन्दर देख्न सकिन्छ । रंगीनबत्तिले झलमल हुँदा ५० औँ तल्ला अग्लाभवन, पुल र सडकहरुले सबैको ध्यानतान्ने गर्दछ ।

हेरौँ केही तस्विरहरु :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप