अल्फा बिटा अष्ट्रेलियन शैक्षिक मेला हुने
काठमाडौं । अल्फा बिटाले श्रावण १६ गते बुधवारको दिन अल्फा बिटा अष्ट्रेलियन शैक्षिक मेला अयोजना गर्ने भएको छ । उक्त मेला बिहान १० बजे देखि अल्फा बिटा कमप्लेक्सको चौथो तल्ला शिव तथा कृष्ण सदनमा हुने अल्फा बिटाका कार्यकारी निर्देशक द्विराज शर्माले जानकारी गराए ।
साथै यस मेलामा अष्ट्रेलियाका २३ भन्दा बढि कलेज तथा विश्वविद्यालयले सहभागिता जनाउँदैछन् । वैदेशिक शिक्षामा जाने सोचमा रहेका विद्यार्थीहरुले यस मेलामा सहभागि भई कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरुबाट नै सम्पूर्ण जानकारी तथा प्रक्रियाहरु लिनसक्नेछन् ।
मेलामा सहभागी हुने विद्यार्थीहरुका लागि अल्फा बिटाले प्रदान गर्दै आएका हरेक सेवाहरुमा ५०% छुटको समेत व्यवस्था गरिएको कम्पनीका सिनियर मार्केटिङ्ग अफिसर रुपेन्द्र गिरीले जानकारी दिए । सथै मेलामा सहभागी हुने विद्यार्थीहरुले आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ ।