शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकै मानिसबाट अङ्ग प्रत्यारोपण गरिएका चार बिरामीमा क्यान्सर सर्‍यो, तीनको मृत्यु

शनिबार, ०६ असोज २०७५, १० : ४२
शनिबार, ०६ असोज २०७५

एजेन्सी – एउटै मानिसबाट अङ्ग प्रत्यारोपण गरिएका चार बिरामीमा क्यान्सर भएको छ । यो युरोपको घटना हो । दाता र चारै जना अङ्ग लिन बिरामी महिला हुन् र उनीहरुलाई स्तन क्यान्सर लाग्यो ।  
बिरामीहरुलाई प्रत्यारोपणको कयैन वर्षहरु पछि स्तन क्यान्सर भएको थियो । चार मध्य तीन जनाको मृत्यु भइसकेको छ । 

युनिभरसिटी अफ एम्स्टरड्यामको नेफ्रोलोथी (मिर्गौलासम्बन्धी अध्ययन)की प्रथ्यापक डा.फ्रेडरिके बेमेलम्यानले यो एकदमै कम हुने घटना भएको बताइन् । उक्त घटनाको अध्ययन गरेर तयार पारिएको रिपोर्र्टकी लेखिका फ्रडरिकेले आफूले प्रत्यारोपण प्रतिरोधको क्षेत्रमा २० वर्ष पछि यस्तो घटना भेटेको बताइन् । 

चिकित्सक प्रक्रियामा केही गलत हुने झिनो खतरा सधैं रहने बताउँदै उनले भनिन् ,‘पित्तथैली जस्तो साधरण प्रक्रिया गर्दा समेत प्रक्रियाको क्रममा केही हुने सानो खतरा हुन्छ ।’

५३ वर्षीया नाम नखुलाइएको महिला दाताबाट चारजनामा मिर्गौला, फोक्सो, कलेजो र मुटु प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गर्नु अघि गरिएको परिक्षणमा डोनरमा कुनै पनि चिकित्सीय गढबढी भेटिएको थिएन । 

तीन जना अङ्ग ग्रहणकर्ताहरुको शरीरमा क्यान्सर फैलिएपछि मृत्यु भइसकेको छ । चोथो बिरामी भने कयैन उपचारपछि बच्न सफल भइन् । क्यान्सरको उपचारको क्रममा उनको प्रत्यारोपित मिर्गौलानै निकालिएको थियो । 

रिपोर्टमा बेमेलम्यानले जोड दिएर भनेकी छन् कि एक पटक क्यान्सर लागिसकेपछि बिरामीलाई प्रत्यारोपित अङ्ग निकाल्दा तिनको उपचारमा एकदम सहयोग पुगेको देखियो । ‘यसले गर्दा बिरामीले प्रतिरोधात्मक प्रणाली दबाउने औषधी नखादा पनि हुन्छ र त्यसपछि स्वत पुनस्र्थापित भएको प्रतिरोधात्मक प्रणालीले ट्युमर कोषिकाहरुसँग लड्छ,’ उनले भनिन् ।

तथापी लण्डनको किङ्ग कलेजमा नेफ्रोलोजीको प्रध्यापक रहेका ग्राहम लर्डले बिरामीहरुलाई मुख्यतः क्यान्सरको प्रकार र बाँच्ने दर अनुसार अङ्ग बदल्न सुझाब दिएको बताए । 

अङ्गहरुको दान दिने व्यक्तिको सन् २००७ मा हृदयघातका कारण मृत्यु भएको थियो । मृत्युपछि उनको फोक्सो, मिर्गौला, मुटु र कलेजो दानको लागि उपलब्ध गराइएको थियो । 

प्रत्यारोपण अघि सामान्यता गरिने जाँच प्रक्रिया अन्तर्गत दान दिनेको सम्पूर्ण शारीरिक परीक्षण गरिएको थियो । यसमा स्तनको जाँच, पेटको अल्टासाउण्ड तथा मुटुको जाँच गरिएको थियो तर यी जाँचहरुबीच पनि हानि पु¥याउन सक्ने समस्या छुटेको थियो । 

लर्डले यो हानी दान गरिएको समयमा पहिचान गर्न नसकिने अवस्थामा रहेको बताए ।

प्रत्यारोपणको १६ महिनापछि फोक्सोको प्रापक ४२ वर्षे महिला प्रत्यारोपणमा गडबडीका साथ अस्पताल भर्ना भइन् । उनको ‘लिम्फ नोड्स’मा स्तन क्यान्सरको कोष भेटिएपछि गरिएको डीएनए एनलाइसिसमा उनको क्यान्सर दान दिने अङ्गबाट आएको देखिएको थियो । 

दाताको देब्रे मिर्गौला पाएकी ६२ वर्षे महिला र कलेजो ग्रहण गरेकी ५९ वर्षे महिलाको क्रमशः २०१३ र २०१४ मा मृत्यु भयो । बेमेलम्यानले मिर्गौला प्रापकलाई उपचार गरेकी थिइन् । 

‘प्रत्यारोपणको खतराभन्दा फाइदा बढी’
अध्ययनले दातामा ‘माइक्रो मेटास्टेसीस’ रहेको औंल्याएको छ । यो क्यान्सर कोषहरुको समूह हो जुन तीनको मूल स्थानबाट फैलिन्छ । अत्यन्त सानो हुने भएकाले तिनलाई ठम्याउन गा¥हो हुन्छ । 

पहिले भएका अध्ययनहरुले पनि अङ्ग प्रत्यारोपणबाट क्यान्सर हुने देखाएको थियो तर स्तन क्यान्सर सरेको भने यो पहिलो घटना भएको मानिएको छ । 
प्रत्यक अङ्ग प्रत्यारोपणमा क्यान्सर सर्ने खतरा ०.०१% र ०.०५% बीच रहेको हुन्छ । 

‘अङ्ग प्रत्यारोपणको यो सानो खतराको तुलनामा त्यसले पु¥याउने फाइदा कता हो कता धेरै हुन्छन् । त्यही कारण मानिसहरुले चिन्ता लिनुपर्दैन ।‘ बेमेलम्यानले भनिन् । 

लर्डले यो समस्याबारे बोल्दै भने, ‘यो अत्यन्तै कम हुने घटना हो र भविष्यमा यसलाई पूरै हटाउन सकिने सम्भावना छ । पछिल्लो समय क्यान्सर शुरु हुनु अघि नै पहिचान गर्न सकिने कार्यक्रमहरुमा प्रयोग भइरहेको छ ।’

केहीले यही घटना पनि प्रत्यारोप अघि दाताको सीटी–स्क्यान गरेको भए क्यान्सर पहिले नै पहिचान हुन्थ्यो भन्ने तर्क गरेका छन् । बेमेलम्यान भने यसमा शंका गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप