शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित

बिहीबार, ११ असोज २०७५, १९ : १८
बिहीबार, ११ असोज २०७५

सङ्खुवासभा । जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । 

इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । 

उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ । 

प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप