शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर प्रकरण : सरकारी वकिलको कार्यालयमा नेविसंघको तोडफोड

मङ्गलबार, १६ असोज २०७५, १२ : ५९
मङ्गलबार, १६ असोज २०७५

कञ्चनपुर– काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

जिल्ला बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । 

तोडफोडका क्रममा नेविसंघ कार्यकर्ताले चारजना कर्मचारीमाथि हातपात समेत गरेको कार्यालयका वकिल खेमराज भट्टले बताएका छन् । 

नेविसंघले निर्मला हत्या प्रकरणमा दोषी पहिचान नभएको भन्दै आज कञ्चनपुर बन्द आह्वान गरेको छ । त्यस क्रममा नेविसंघ कार्यकर्ताले बा २ झ २७१५ नम्बरको सरकारी गाडीमा आक्रमण गर्दा सिसा फुटेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप