भूकम्पले ध्वस्त भएको इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग
नुसा डुआ– विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।
हालैमात्र सुलावेसी द्वीपको पालु शहरमा भूकम्प र सुनामीबाट २ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौं व्यक्ति बेपत्ता भएका छन् ।
इन्डोनेसियाको बालीमा हाल अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको संयुक्त वार्षिक बैठक चलिरहेको छ ।
बैंकले उपलब्ध गराउने ऋण पुनर्निर्माणका लागि प्रयोग गर्न सकिने छ । साथै उक्त रकमलाई पुनरुद्धारका कार्यहरु सञ्चालन गर्न तथा आगामी दिनमा प्राकृतिक विपदाबाट मानिसलाई सुरक्षित गर्ने उपायको खोजी गर्न र पूर्व तयारी गर्न खर्च गरिनेछ ।
पालुको भूकम्प र सुनामीबाट करिब ९० हजार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विस्थापितलाई स्थायी बसोबासको व्यवस्था गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।
दातृ निकायहरुले करिब २ लाख मानिसलाई सफा खानेपानी र औषधि उपचारको सख्त जरुरी भएको बताएका छन् । स्थानीयबासीका लागि सहयोग जुट्नेक्रम बढेपनि लक्षित समुदायसम्म पुग्न कठिनाइ भइरहेको छ ।
इन्डोनेसियाको लोम्बोकमा यसै वर्ष आएको भूकम्पले ५ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पीय जोखिमबाट उच्च खतरामा रहेको इन्डोनेसियामा सन् २००४ मा आएको ९।१ म्याग्नीच्यूडको भूकम्पका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारको मृत्यु भएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री