शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ

मङ्गलबार, ०६ कात्तिक २०७५, १५ : ४०
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । 

संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए ।

प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुनसक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप