‘टिकटक बेच्ने कुनै योजना छैन’
बेइजिङ । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बायटडान्सले टिकटको अमेरिकी व्यवसाय नबेच्ने भएको छ । ९० दिनभित्र टिकटकको स्वामित्व अरू कसैलाई दिन होइन भने प्रतिबन्धको सामना गर्न बाध्यकारी विधेयक पारित गरेपछि बाइटडान्सले यस्तो बताएको हो ।
‘टिकटक बेच्ने बाइटडान्सको कुनै योजना छैन,’ आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल मञ्च तोउतिआओमा रहेको आफ्नो आधिकारिक पोष्टमा कम्पनीले भनेको छ ।
यसबारे राखिएको जिज्ञाशामा टिकटकले तत्कालै कुनै पनि उत्तर दिएको छैन । यो हप्ताको सुरुमा टिकटकले अमेरिकाको असंवैधानिक कानुनलाई अदालतमा चुनौती दिने बताएका थिए । कम्पनीले टिकटकमा कुनै स्वामित्व नै नराखीकन बेच्ने विकल्पबारे विचार गरिरहेको खबरहरू आइरहेको समयमा बाइटडान्सको अभिव्यक्ति आएको हो । विदेशी सञ्चार माध्यमहरूमा बाइटडान्सले टिकट बेच्न लागेको भने छापेको खबरहरू सत्य नभएको कम्पनीको भनाइ छ ।
बुधबार टिकटक बेच्ने होइन भने प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरिसकेका थिए । निजी कम्पनीहरूमाथि चीनले नियन्त्रण कसिलो पारिरहँदा अमेरिका र अन्य पश्चिमी देशहरूमा चासो र चिन्ता बढेको छ । बाइटडान्समा चिनियाँ सरकारको नियन्त्रण रहेको दाबी टिकटकले बारम्बार अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण