‘टिकटक बेच्ने कुनै योजना छैन’

बेइजिङ । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बायटडान्सले टिकटको अमेरिकी व्यवसाय नबेच्ने भएको छ । ९० दिनभित्र टिकटकको स्वामित्व अरू कसैलाई दिन होइन भने प्रतिबन्धको सामना गर्न बाध्यकारी विधेयक पारित गरेपछि बाइटडान्सले यस्तो बताएको हो ।
‘टिकटक बेच्ने बाइटडान्सको कुनै योजना छैन,’ आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल मञ्च तोउतिआओमा रहेको आफ्नो आधिकारिक पोष्टमा कम्पनीले भनेको छ ।
यसबारे राखिएको जिज्ञाशामा टिकटकले तत्कालै कुनै पनि उत्तर दिएको छैन । यो हप्ताको सुरुमा टिकटकले अमेरिकाको असंवैधानिक कानुनलाई अदालतमा चुनौती दिने बताएका थिए । कम्पनीले टिकटकमा कुनै स्वामित्व नै नराखीकन बेच्ने विकल्पबारे विचार गरिरहेको खबरहरू आइरहेको समयमा बाइटडान्सको अभिव्यक्ति आएको हो । विदेशी सञ्चार माध्यमहरूमा बाइटडान्सले टिकट बेच्न लागेको भने छापेको खबरहरू सत्य नभएको कम्पनीको भनाइ छ ।
बुधबार टिकटक बेच्ने होइन भने प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरिसकेका थिए । निजी कम्पनीहरूमाथि चीनले नियन्त्रण कसिलो पारिरहँदा अमेरिका र अन्य पश्चिमी देशहरूमा चासो र चिन्ता बढेको छ । बाइटडान्समा चिनियाँ सरकारको नियन्त्रण रहेको दाबी टिकटकले बारम्बार अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह