नवनियुक्त राखेपका उपाध्यक्ष तिमिल्सिनाले लिए सपथ
काठमाडौं– नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । सिंहदरबारमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
सपथग्रहण पछि आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरे । मुलुकको खेल र खेलाडीहरुको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाई छ । उनले खेलकुद क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने योजना पनि सुनाए ।
तिमिल्सिना यसअघि पनि परिषदको उपाध्यक्ष भएका थिए । समारोहमा परिषदका नवनियुक्त सदस्यद्धय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्री विश्वकर्माले गुरुङ र निरौंलालाई पनि पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)