शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदलाई सम्बोधन गर्दै के–के भने गृहमन्त्रीले (भिडियोसहित)

सोमबार, ०९ साउन २०७४, १६ : ५७
सोमबार, ०९ साउन २०७४


काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले महिला हत्या, हिंसामा संलग्नहरुलाई कडा कार्वाही हुने चेतावनी दिएका छन् । गृहमन्त्री शर्माले महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध रहेकोे पनि स्पष्ट पारेका छन् । 


व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री शर्माले महिला हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको पनि उल्लेख गरे । ‘महिला हिंसा न्यूनिकरणका लागि सरकारले सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ, केही समययता दैलेख, रुकुम, बाँके, खोटाङ, भोजपुर लगायतका जिल्लामा महिला हत्या र हिंसाका घटना बढ्दै गईरहेको तथ्याङक छ । त्यसबारे अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढ्छ ।’ 


गृहमन्त्री शर्माले राष्ट्रिय परिचय–पत्रमा आमाको नाम छुटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारे । सरकारले तयार पारेको राष्ट्रिय परिचय पत्रमा गम्भिर त्रुटि भेटिएको उल्लेख गर्दै केही दिन अघि समाचार प्रकाशित भएको थियो । सोही समाचार भ्रमपूर्ण रहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले राष्ट्रिय परिचय पत्रमा तीनपुस्ते नै उल्लेख गरिएको पनि बताए । उनले संचार माध्यामहरुलाई सत्य, तथ्य र पूर्ण समाचार सम्प्रेषण गर्न पनि आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप