शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिस एयरहोस्टेज चौथो संस्करणको आवेदन फारम खुल्यो

मङ्गलबार, १० साउन २०७४, १९ : ३३
मङ्गलबार, १० साउन २०७४

विजेताले सुन्दरीको ताज तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर पाउने

काठमाडौं– मिस एयर होस्टेज २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुल्ला गरिएको छ । सिजन मिडियाले विगत ७ वर्षदेखि मिस एयर होस्टेस आयोजना गर्दै आए पनि विगत केही वर्ष प्रतियोगिता रोकिएको थियो । 

मिस एयस होस्टेसका लागि एयर होस्टेज सम्वन्धि काठमाडौं लगायत विभिन्न शहरहरुमा एयर होस्टेवको तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५फिट २ इन्च उचाई भएका युवतीहरुले प्रतियोगितामा सहभागी हुन आवेदन दिन सकसने आयोजकले जनाएको छ । 

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई भदौ पहिलो सातावाट कमलादीस्थित सीडब्लु पार्टी प्यालेसमा प्रशिक्षण दिइने जनाइएको छ । भदौको अन्तिम साता प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ । 

प्रतियोगिताका विजेताले मिस एयरहोस्टेस २०१७ को ताजका साथै २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर तथा उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति प्रदान गरिने आयोजकले जनाएको  छ । 

फस्ट रनर अपले १५ हजार र सेकेण्ड रनरले १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्नेछन् । यसबाहेक अन्य विभिन्न १५ विधामा पनि सव टाइटल अवार्डहरु प्रदान गरिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप