सुन्दर देखिन चाहँदा यस्तो हाल, तीन गुणा ठूलो भयो ओठ
कृत्रिम सौन्दर्य उपचारका गुणभन्दा अवगुण धेरै हुन्छन् भन्नेबारे हामीमध्ये धेरैलाई थाहा छ तर हामी कहिलेकाँही बिर्सन्छौं कि यसको साइड इफेक्ट निकै भयानक पनि हुनसक्छ ।
यस्तै भएको छ ल्येइस्टेस्टरकी २९ वर्षे महिलालाई । राचेल न्याप्पियरले साथीको घरमा लिप फिलर इन्जेक्शन लगाएकी थिइन् ।
उनका अनुसार सुई लगाउँदा उनलाई यति दुख्यो कि उनी निकै चिच्याइन् । उनलाई दुख्नु स्वभाविक हो बताइयो । तर जे भनिएको थियो त्यो भएन ।
सूई लगाएको केही घण्टाभित्रै राचेलको ओठ सुन्निन थाल्यो । वास्तविक आकारभन्दा उनको ओठ तीन गुणा ठूलो भएको थियो । उनले आफ्नो ब्यूटिसियनसँग यसबारे कुरा गरिन् तर त्यो एलर्जीका कारण भएको बताइयो ।
उनकी ब्यूटिसियनले उनलाई ओठमा आइस प्याक लगाउनसमेत आग्रह गरिन् । यति गर्दा पनि उनको ओठ सुन्निनँ छोडेनँ । राचेल तत्काल् अस्पतालको आकस्मिक सेवामा भर्ना भइन् ।
नेशनल हेल्थ सर्भिसका डाक्टरले उनको अवस्थामा केही पनि गर्न नसक्ने बताए । लिप फिलरबारे उक्त अस्पतालमा उपचार नहुने बताएपछि उनले सौन्दर्य सम्बन्धी काम गर्ने एक नर्ससँग सम्पर्क गरिन् ।
ती नर्सले उनलाई लण्डनस्थित एक क्लिनिकमा जान सल्लाह दिइन् । क्लिनिकमा गएको ७२ घण्टापछि डाक्टरहरुले उनको ओठ सामान्य आकारमा ल्याउन सफल भए ।
युकेको पत्रिकालाई उनले घटनापछि आफू निकै विचलित भएको बताइन् । उनले भनिन्, ‘यस्तो त मेरो दुश्मनलाई पनि नहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न