शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टलाई पैसा कहाँ लुकाउने छटपटी हुन्छ, कहिल्यै सुविस्ता हुन्नः प्रधानमन्त्री

सोमबार, २८ माघ २०७५, २३ : ००
सोमबार, २८ माघ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भन्ने कुरा भ्रष्टहरुको पनि शत्रु भएको बताएका छन् । 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टहरुलाई पैसा कहाँ लुकाउने भनेर छटपटी हुने बताए । उनले भने, ‘अख्तियारले थाहा

पाउला भन्ने छटपटी, राख्ने ठाउँ नभएर छटपटी हुन्छ, कहिल्यै सुविस्ता हुँदैन ।’ 

भ्रष्टचारी पापको भागिदार हुने र प्रतिफल पनि अर्काले खाने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सवै मिलेर निर्मुल पार्नुपर्नेमा जोड दिए । 

जनताले स्थायित्वको लागि दुई तिहाईको बहुमत दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अब अहिले विकास नभए कहिले हुन्छ ?’

‘अव हाम्रो ध्यान सुशासन र विकासमा गएको छ’ उनले थपे, ‘सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक छ ।’ 

आगामी दिनमा समय तोकेर गरीबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘अब ५–१० बर्षपछि नेपाल कमजोर गरिब छ भन्नेकुरा स्वीकार हुँदैन, र्साजमा मझौला भएपनि मजवुद देशको परिचय हामीले दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप