आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा गाउँपालिका प्रमुखको गाडीमा आगजनी, कार्यालय पनि तोडफोड

बुधबार, २२ फागुन २०७५, १५ : ५६
बुधबार, २२ फागुन २०७५

बुटवल– रोल्पाको गंगादेव गाउँपालिका प्रमुख चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका प्रमुख वीरबहादुर खत्रीको गाडी जलाएर क्षति पुर्याएको रोल्पाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।

उनका अनुसार  साेही गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयको  कम्पाउण्ड भित्र राखिएको गाडीमा पेट्रोलियम पदार्थ छर्केर अज्ञात समुहले आगजनी गरेका हुन् । आगजनीबाट गाडीमा क्षति पुगेको छ । 

सो समूहले कार्यालय भवनमा समेत ढुङ्गाले ताडेफोड गर्दा झ्यालका सिसाहरु फुटेका छन ।

आगजनी र तोडफोड हुन थालेपछि कार्यालय सहयोगी मानबहादुर केसीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । 

  मंगलवार देखि सुरु भएको स्थानिय मेला उद्घाटन गर्न पुगेका गाउँपालिका प्रमुख खत्रीले वडा नम्वर ४ को वडा कार्यालयमा  भे १ ज २७८५ नम्वरको बलेरो जिप पािर्कङ गरेर राखेका थिए । 

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आजगनी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप