नेकपाको कार्यकर्ता भए टुँडिखेल बेच्न पनि छुट छः प्रदीप पौडेल
धादिङ–काँग्रेस धादिङले भव्य कार्यक्रमका बीच जागरण अभियान सुरु गरेको छ ।
सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएको छ ।
धादिङमा जागरण अभियानको शुभारम्भ केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलले गरे ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पौडेलले सरकारको गलत क्रियाकलापको भन्डाफोर गर्न आह्वान गरे ।
पौडेलले कम्युनिस्ट पार्टीको सदस्य भए टुँडिखेल किन्न र बेच्न पनि छुट हुने आरोप लगाए ।
पौडेलले भने, ‘अहिले अरु केहि चाहिँदैन, नेकपाको सदस्यता भए पुग्छ। सरकारी जग्गा बेचे पनि छुट हुन्छ। टुँडिखेल बेचे पनि छुट पाउँछ।’
मंगरबार संसदमा प्रधानमन्त्री केपी शर्माले प्रस्तुत गरेको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबि बिग्रिएको पनि उनले दाबी थरे ।
आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ ।
आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ ।
अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको जनाएको छ ।
अभियान उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)