शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटअघि नै अधिकाशं सामानमा अत्यधिक मूल्यवृद्धि

बुधबार, ०८ जेठ २०७६, ०७ : ३७
बुधबार, ०८ जेठ २०७६

बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् । 

सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा व्यवसायीले अहिलेदेखि नै मूल्य बढाएका हुन् । 

बजारमा विशेषगरी हरियो तरकारी, खाद्यान्न, चुरोट, मदिरासँगै खसीको मासुको मूल्य बढेको छ । चुरोट प्रतिप्याकेट १० देखि १५ रुपैयाँ बढेको छ । उत्पादन कम भएको र भारतमा चुनावका कारणले आयात भन्दै बजारमा तरकारीको भाग धेरै बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप