८ बालबालिकालाई ‘लिटिल मिष्टर एण्ड मिस २०१९’ को उपाधि
काठमाडौं– ‘लिटिल मिष्टर एण्ड मिस २०१९’मा ८ विजेता छानिएका छन् । विभिन्न उमेर समुह गरेर मोक्क्षा अधिकारी, अप्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठ नामका बिजेता चुनिएका हुन् ।
शनिबार बालकुमारीस्थित म्युजिक सिटी हलमा अबेर साँझ सम्पन्न प्रतियोगितामा सबै विजेताले शीर्ष उपाधिको साथमा विभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गरे । एक्सपोज नेपालको आयोजना रहेको प्रतियोगिताको उद्धेश्य बालबालिकाको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि गर्दै भविश्य निर्माणमा अग्रसर गराउने रहेको थियो ।
चुनिएका सबै विजेताले अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘लिटिल मिष्टर एण्ड मिस युनिभर्सल २०१९’ सहभागिता जनाउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । प्रतियोगितामा पूर्व मिस नेपाल सुगारिका केसी, मिष्टर नेपाल २०१८ विकल्पराज श्रेष्ठ, मिस राजधानी २०१७ सर्मिला सापकोटा र प्रविना श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त