उपत्यकामा बम आतंकः मृत्यु हुनेको संख्या ४ पुग्यो, सुरक्षा व्यवस्था कडा पार्न गृहमन्त्रीको निर्देशन
काठमाडौं- आइतबार काठमाडौंमा बम विष्फोटमा परेर ४ जनाको मृत्यु भएको छ । राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको हो । काठमाडौंकै नागढुंगा,चन्द्रागिरी, ललितपुरको लगनखेल बसपार्क, ग्वार्को लगायतका स्थानमा बम भेटिनुका साथै विष्फोट समेत भएको छ ।
घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको भएपनि प्रहरीले विप्लव समूहको हात रहेको दाबी गरेको छ । नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर विस्फोट नभएको देखिएकाले बम डिस्पोजल टोलीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनामा ५ जना घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार घाइतेमध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् । अन्य स्थानमा भेटिएको बम भने सेनाले डिष्पोज गरेको छ ।
त्यस्तै काठमाडौंको नरेफाँटबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । मसाल जुलुसको तयारी गरिरहेका उनीहरुबाट ४ थान कुकरसहित १५ सय थानभन्दा बढी पर्चा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
मानवीय क्षति भएको दुवै ठाउँमा अनुसन्धानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । सो घटनापछि प्रहरीले काठमाडौं उपत्यकालगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
मृत्यु हुनेको संख्या चार पुग्यो
काठमाडौँ सुकेधारामा भएको विस्फोटमा परेकामध्ये थप एकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि सुकेधाराको विस्फोटमा परी दुई जनाको मृत्यु भएकोे थियो । दुवै स्थानमा भएको विस्फोटमा परी अहिलेसम्म चार जनाले ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको हो ।
घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । एक जनाको परिचय खुलेको छैन ।
गृहमन्त्रालयमा आकस्मिक बैठक
राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भएपछि गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए । यस्तै उनले घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि बताए ।
यो पनि पढ्नुहोस्ः
अनामनगर विष्फोट: विप्लवका विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ
ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम
नागढुङ्गामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते
बम बनाउने सामाग्रीसहित विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ : जताततै बमैबम (फोटो फिचर)
धमाधम बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक
बम विष्फोटका घटना विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीद्वारा पुष्टि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’