सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको चन्द्रपुरमा बम फेला

सोमबार, १३ जेठ २०७६, ०९ : २१
सोमबार, १३ जेठ २०७६

पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै बम फेला परेको छ । चन्द्रपुर मुख्य चौकीभन्दा झण्डै एकसय मिटर पूर्व राजमार्गमा चाउचाउको कार्टुनमा प्रेशरकुकर बम भेटिएको हो । भने बन्दको प्रभावले बिहानै दखि यातायात पूर्णरुपमा प्रभावित भएको छ ।

 बिहान ५ बजे शंकास्पद बस्तुु रहेको खबर पाएपछी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले बम डिस्पोज गर्ने तयारीमा गरिरहेको छ । 

 जिल्ला प्रहरी कार्यालय कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीका अनुसार बम भेटिएपछि यातायात प्रभावित भएको हो । 

बन्दको कारण पुर्वपश्चिम राजमार्ग तथा गौर चन्द्रपुर सडकखण्डमा पनि यातायात न्युन चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख बिजय श्रेष्ठले जानकारी दिएका छन् ।

हिजो साँझ काठमाण्डौँका बिभिन्न ठाँउमा बम बिष्फोटको घटना पछी  रौतहटमा पनि सुरक्षा ब्यवस्था कडा बनाईएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप