चिया पिउँदा कालो हुन्छ छाला ?

काठमाडौँ । हाम्रा वरिपरि चियाका सौखिनहरू टन्नै छन् । गर्मी होस् या जाडो, दिन होस् या रात, सुख होस् या दुःख चियाको तलतलले उनीहरूलाई छाड्दै छाड्दैन ।
दिनमै कयौँ कप चिया खान्छन् । कसै कसैलाई त चियाको लत यति धेरै हुन्छ कि उखरमाउलो गर्मीमा पनि कयौँ कप चिया पिउन सक्छन् । तर केही मानिस चाहिँ धेरै पिउँदा छाला कालो हुन्छ भनेर चिया खान डराउँछन् । केही मानिस यसलाई साँचो मान्छन् अनि धेरैजसो चाहिँ यसलाई अफवाह भन्छन् । साँच्चै चिया र छालाको रङ्गबिच कुनै कनेक्सन छ त ?
चिया र मान्छेको छालाको रङ्गबिच कुनै सम्बन्ध हुन्न । चिया पिउँदा अझ विशेष गरी कालो चिया पिउँदा कालो भइन्छ भनेर सोच्नु भ्रम मात्रै हो । मान्छेको छाला जेनेटिक फ्याक्टरमा निर्भर हुन्छ । जति नै चिया पिए पनि यसले छालाको रङ्गमा कुनै असर गर्दैन । धेरै तातो चिया पिउँदा तातोका कारण ओठमा बिबिरा आउन सक्छ । तर चियाले न त हाम्रो छालाको रङ्ग परिवर्तन गर्छ न त ओठको रङ्ग नै ।
चियामा यस्ता कयौँ तत्त्व हुन्छन्, जसको सेवनका कारण शरीरमा एन्टिअक्सिडेन्ट कम हुन सक्छ । त्यसैले पनि चिया सीमित मात्रामा सेवन गर्न डाक्टर तथा विज्ञहरू सुझाव दिन्छन् । हाम्रो छाला घामले डढे पनि केही समयपछि आफ्नै प्राकृतिक रङ्गमा फर्किन्छ । छाला गोरो बनाउने ट्रिटमेन्टमा पनि यही कुरा लागू हुन्छ । केही समयपछि छाला आफ्नै प्राकृतिक रङ्गमा आउँछ । गर्मीमा छालालाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउनु पर्छ । मौसम अनुसारको फलफूल र तरकारी पनि मज्जाले खानुपर्छ । भिटामिन सी पर्याप्त मात्रामा पाइने खानेकुरा खाँदा छाला सफा भने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
-
६ महिनापछि घर फर्किए तिङ्करवासी
-
कृषि मन्त्रीका ११ महिना, दुध किसानले अझै पाएनन् भुक्तानी
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
-
सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि