‘मिस पबी’ अब कमेडी शोमा
सोमबार, ३१ वैशाख २०८१, १४ : ०७
काठमाडौँ । टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मोडल हुन्, पवित्रा साकी अथार्त ‘मिस पबी’ । ‘मिस पबी’ अब कमेडी शोमा देखिने भएकी छन् ।
उनी विक्की अग्रवालले निर्माण तथा निर्देशनमा ल्याउन लागेको शो ‘कमेडी दरबार’मा देखिने भएकी हुन् ।
शोमा उनी कस्तो भूमिकामा देखिने भने अहिले बाहिर ल्याइएको छैन । ‘भूमिका त मलाई पनि थाहा छैन । शोका लागि म एक्साइटेट रहेको छु’, उनले भनिन् ।
‘मिस पबी’ पछिल्लो समय फिल्मको दौडमा छिन् । केही अगाडि उनको अभिनय रहने फिल्म ‘राजमहल’ घोषणा भएको थियो । उक्त फिल्म निर्माण हुने नहुने अहिले अन्यौलता छ ।
उनी अहिले पनि केही फिल्मका अफर भइरहेको बताउँछिन् । फिल्ममा पनि आफू छिट्टै देखिने उनले विश्वास लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण