शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डोरियन आँधीबाट बहमासमा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)

बिहीबार, १९ भदौ २०७६, १६ : २८
बिहीबार, १९ भदौ २०७६

एजेन्सी– संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको  छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’ को संज्ञा दिएका थिए ।  द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

बहमासमा आएका यस आँधीबाट बुधबारसम्म २० जनाको ज्यान गएको आधिकारीक पुष्टि भएको छ ।  फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । यस आँधीबाट लाखौ मानिस प्रभावित  भएका छन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप