तिम्रो अनि मेरो जीवन
एक आँधीपछि ध्वस्त
अनि स्तब्ध बनेको सहर
सम्हालिएर उभिन खोज्दै छ
जीवनहरू उम्रिनकै लागि
सङ्घर्ष गर्दैछन्, अनवरत
आखिर आगो र पानी नै त हो
तिम्रो अनि मेरो जीवन
कहिले डढेलोपछि धुवैँ धुवाँ
कहिले एकनासको पहिरो
कतै नमेटिने दागहरू खरानीका
कहीँ बगरसम्म थुप्रिएका माटाहरू ।
एक बीज
तिमी अनि मैले रोप्यौँ
आपसी रोजाइको
हामीभित्रको जीवन उमार्न
आँधीपछिको सहरले खिसी गर्छ
म पो प्रकृति, अङ्कुरित हुन सक्छु
आखिर उम्रनु, फल्नु, पाक्नु नै त हो
तिम्रो अनि मेरो जीवन ।
कहिले गोडमेलपछि गोबरै गोबर
कहिले आँखाले सिञ्चित पानीहरू
कतै रछ्यानभरिका बाछिटाहरू
कहीँ ओठसम्म पुगेका
नुिनला पानीहरू ।
एक गुलाब, फक्रनखोज्दै छ
मनका कुनाहरूबाट
मेरो अनि तिम्रो प्रकृतिसँगै
सम्हालिएको सहर अनुभूत गर्छ
प्रेम नै रहेछ
निर्धक्क फक्रिन सक्छ
आखिर सिउनु, उध्रिनु
फेरि सिउनु नै त हो
तिम्रो अनि मेरो जीवन ।
कहिले रक्ताम्य लाली ओठहरुमा
कहिले सेताम्यै दारी फुलिसकेका
कतै मर्नै नसक्ने बैंस बुढेसकालका
कहीँ बुढ्यौलीका प्रेम संवादहरू ।
यिनै चक्रहरुबीच
कहिले सहानुभूति, कहिले स्नेह
कहिले ईष्र्या, कहिले मोह
समयसँगै चढ्दै अनि उत्रँदै
निरन्तर बाँचिरहेछ
तिम्रो अनि मेरो जीवन ।
साकारबाबु सुवेदी, भैँसेपाटी, ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण