धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
सारांश
- धादिङको धुनिबेशी नगरपालिकाका किसानहरू धान र तरकारी खेती सुरु गर्नका लागि सयपत्री फूल खेती समापनको तयारीमा जुटेका छन्।
- अफसिजनमा सयपत्री फूलको मूल्य प्रतिकिलो ५० रुपैयाँमा झरेको छ, जुन दसैँ-तिहारको तुलनामा निकै कम हो।
- मनसुनमा फूलमा रोग लाग्ने समस्या र सडक सञ्जाल विस्तारले स्थानीय कृषि व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन्। धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन्।
किसानहरूका अनुसार दसैँ–तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरे पनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ। पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन्।

दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी स्थानीय किसान फूलमाया तामाङले सिजनमा व्यापारीहरू बारीमै आएर फूल खरिद गर्ने र राम्रो मूल्य दिने गरे पनि अहिले अवस्था फरक रहेको बताइन्। उनका अनुसार अहिले फूल सिधै गाडीमार्फत काठमाडौँको कालिमाटी बजार पठाउनुपरेको छ।

“मूल्य पनि घटेको छ, अब फूल खेतीको अन्तिम समय भएकाले बारी निखार्ने बेला भएको छ,” उनले भनिन्। फूलबारी खाली गरेपछि धान तथा मौसमी तरकारी खेती सुरु गरिने उनले जानकारी दिइन्।

स्थानीय किसान सुन्तली तामाङ र उनका श्रीमान् पनि यतिबेला फूल टिप्न व्यस्त छन्। उनीहरूका अनुसार सयपत्री फूलले सिजनमा राम्रो आम्दानी दिए पनि अफसिजनमा उचित मूल्य नपाउँदा किसानहरू निराश हुने गरेका छन्।

मनसुन सुरु भएसँगै फूल खेतीमा थप चुनौती देखिएको छ। वर्षायाममा फूलमा रोग तथा कालो दाग लाग्ने समस्या बढ्ने भएकाले उत्पादन खेर जाने गरेको किसानहरूको भनाइ छ।

काठमाडौँको सीतापाइला देखि धादिङको धार्केसम्मको सडक सञ्जाल विस्तार भएपछि यस क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको छ। सडक पहुँच सहज बनेसँगै किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ, जसले स्थानीय कृषि व्यवसायलाई थप टेवा पुर्याएको छ। तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण