छल्दीको दोभानमा बगेर बेपत्ता मध्ये एकजनाको शव फेला
बुधबार, २९ असोज २०७६, १३ : ४५
बुटवल– मंगलबार दिउँसो गुल्मीको छल्दीखोलाको दोभानमा बगेर बेपत्ता भएका दुई जनामध्ये एक जना युवकको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षीय दिपक विकको शव बुधबार दिउँसो भेटिएको हो ।
विकको शव चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवाको खोल किनामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी दिए । सँगै बगेर बेपत्ता भएकी सोही गाउँकी ५ वर्षीय गरिमा विक अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । संगै बगेका ७ वर्षीय किसान विकलाई भने स्थानीय माछा मार्नेलेहरुल उद्धार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने