मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । नेपालले म्यानमारसँग यही नोभेम्बर ७ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट अन्तर्गत नेपालले नोभेम्बर १९ तारिख घरेलु मैदान दशरथ रंगशालामा कुवेतसँग खेल्दैछ । मैत्री खेलका लागि कप्तान एवं गोलरक्षक किरण चेम्जोङ र रोहित चन्दलाई राखिएको छैन । किरण र रोहित अहिले ब्यवसायिक खेलका लागि देश बाहिर छन् ।
नेपाली टोली
गोलरक्षकः विकेश कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाले
रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल
मिडफिल्डरः सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ,
स्ट्र«ाइकरः भरत खवास, विमल घर्तीमगर, अभिष्ोक रिजाल र नवयुग श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण