आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बिहानै कालो कफी पिउनु कति सुरक्षित ?

आइतबार, २४ जेठ २०८३, १५ : ५३
आइतबार, २४ जेठ २०८३

सारांश

  • कालो कफीले शरीरलाई ऊर्जा दिने र काममा ध्यान केन्द्रित गर्न मद्दत गर्ने भए पनि आयुर्वेद अनुसार सबैका लागि बिहान पिउन उपयुक्त नहुने बताइएको छ ।
  • आयुर्वेदका अनुसार बिहान कफी पिउँदा वात र पित्त दोष बढ्न सक्छ, जसले पाचन समस्या, मुटु पोल्ने, घबराहट जस्ता समस्या निम्त्याउन सक्छ ।
  • एसिडिटी, ग्यास वा उच्च एङ्गजाइटी भएका व्यक्तिहरूले कफीको सेवनमा सावधानी अपनाउनुपर्ने र खाली पेटमा पिउन नहुने सल्लाह दिइएको छ ।

काठमाडौँ । आजकल धेरैजसो मानिसहरूले आफ्नो दिन कालो कफीबाट सुरु गर्छन् । कालो कफीले स्वास्थ्यलाई त सुधार गर्छ नै शरीरलाई पनि ऊर्जा दिन्छ । यसले निद्रा लाग्नबाट रोक्छ र काममा ध्यान केन्द्रित गर्छ। 

त्यसैले धेरैजसो मानिसहरू चिया भन्दा कालो कफी पिउन रुचाउँछन् । आयुर्वेदका अनुसार बिहान कालो कफी पिउनु सबैका लागि उपयुक्त भने मानिदैन । विशेष गरी गलत समयमा वा गलत तरिकाले कफी पिउन थालियाे भने यसले केही समस्याहरू बढाउन सक्छ । 

कालो कफीका फाइदाहरू 

कालो कफीमा क्याफिन हुन्छ, जसले मस्तिष्कलाई सक्रिय बनाउन मद्दत गर्छ । यसको सेवनले थकान कम गर्न र काम गर्ने क्षमता सुधार गर्न सक्छ । 

कालो कफी पिउने बारेमा के भन्छ आयुर्वेद ?

आयुर्वेदका अनुसार बिहान उठ्दा शरीरमा वात दोष बढी सक्रिय हुन्छ । कालो कफीमा उत्तेजक प्रभाव हुन्छ, जसले वात र पित्त दुवैलाई बढाउन सक्छ । त्यसैले, हरेकले यसलाई पिउनु हुँदैन । मान्छेपिच्छे यसको फाइदा र साइड इफेक्ट फरक हुन सक्छन् ।

हानिकारक हुन सक्छ कफी ?

पाचन समस्या छ भने कफीका कारण ग्यासको समस्या हुन सक्छ । त्यसैले, कफी पिउँदा यी कुराहरूमा ध्यान दिनु जरुरी छ।

  • मुटु पोल्ने र एसिडिटी
  • घबराहट वा बेचैनीको अनुभूति
  • टाउको दुख्नु
  • कोर्टिसोल हर्मोन बढ्ने
  • निद्राको प्रभाव

कसले अपनाउनुपर्छ सावधानी ?

कफी सबैका लागि फाइदाजनक नहुन सक्छ। एसिडिटी वा ग्यासको समस्या भएका व्यक्तिहरूले अत्यधिक कफीको सेवन गर्नबाट जोगिनुपर्छ । उच्च एङ्गजायटी भएकाहरूले सकेसम्म नपिउनु नै राम्राे हुन्छ। पिउनै परे पनि खाली पेटमा सकेसम्म पिउनुहुँदैन। 

कालो कफी पिउने सही तरिका

आयुर्वेदका अनुसार उठ्ने बित्तिकै खाली पेटमा कफी पिउनुको सट्टा पहिले मनतातो पानी पिउनु राम्रो हुन्छ । हल्का ब्रेकफास्ट पछि ३० देखि ६० मिनेटपछि कफी पिउन सकिन्छ। यसले पेटमा कम प्रभाव पार्छ।

(अस्वीकरण: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप