बैंकबाट ऋण लिएर घर किन्नेलाई राहत, कर्जाको ब्याजदर बढेपनि मासिक किस्ता नढ्ने
काठमाडौँ । बैंकबाट ऋण लिएर घर किन्ने उपभोक्ताले राहत पाउने भएका छन् । बैंकबाट ऋण लिएर घर बनाउनेलाई कर्जाको ब्याजदर बढेपनि किस्ता नबढ्ने भएको छ ।
बैंक नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्नेलाई कर्जाको ब्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गरेको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ संशोधन गर्दै व्यक्तिगत घर किन्नका लागि सहज बनाएको हो । पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको छ ।
यसअघि धितोको ६० प्रतिशत मात्र थियो । तर यस्तो आवास ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार बर्गफिटसम्मको घर अथवा अपार्टमेन्ट हुनुपर्नेछ । कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यसअघि घर वा अपार्टमेन्ट खरिद वा निर्माण गर्न कर्जा नलिएको हुनुपर्नेछ ।
यो सुविधा अन्तर्गत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने व्यवस्था उक्त निर्देशिकामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण