मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

१२ वर्षीया बालिका गर्भवती प्रकरण: छिमेकी २ जना पक्राउ

बिहीबार, २१ कात्तिक २०७६, १८ : ४६
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं– अछामको रामारोशन –४ की १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १८ वर्षीय उमेश बिष्ट र २१ वर्षीय टेक विष्ट रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी जनक बहादुर शाहीले बालिकालाई बलात्कार गर्नेविरुद्ध कात्तिक ५ गते उजुरी परेको बताए । उनले भने,‘उजुरी परेको दुई दिनपछि उनीहरुलाई पक्राउ गरिएको हो ।’

यता,बालिकाको पेटमा ५ महिनाको गर्भ समेत छ । बालिकालाई थप उपचारको लागि अछामबाट काठमाडौँस्थित प्रसुती गृहमा ल्याइएको छ । 

सुस्त मनस्थिति रहेका बालिकालाई एक महिनाअघि कुकुरले टोकेपछि उपचारका लागि अस्पताल पुर्याइएकी उनको जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् ।  ती बालिकाकी बाबुआमा पनि सुस्तमनस्थिति रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप