आरआरआर र आदिपुरुषभन्दा महँगो छ नितेश तिवारीको रामायण
नयाँ दिल्ली । नितेश तिवारीको निर्देशनमा बन्न लागेको ‘रामायण’ चर्चा फिल्मको घोषणा हुनु भन्दा अगाडि देखिनै चलेको हो । फिल्मका कलाकार, उनीहरूको पोसाक लगायत हरेक विषयले निकै चर्चा पाइरहेका छन् । केही दिन अघि फिल्म सेटका तस्बिर र भिडियो लिक भएका थिए । यी तस्बिर र भिडियोहरू देखेर दर्शकहरू फिल्मप्रति झनै उत्साहित छन् ।
‘आरआरआर’, ‘आदिपुरुष’ र ‘कल्की २८९८ एडी’ सबै ५ सय करोडभन्दा बढीको बजेट भएका फिल्म हुन् । तर रामायणले यी सबै फिल्मको रेकर्ड तोड्ने क्रममा छ । खबरका अनुसार फिल्मको पोस्ट प्रोडक्सनको काममा ६ सय दिन लाग्ने छ । चलचित्रको सुटिङ गत महिना सुरु भएको थियो । फिल्म सन् २०२६ मा रिलिज हुने बताइएको छ ।
फिल्ममा रणवीर कपुर र साई पल्लवी राम र सीताको भूमिकामा छन् । यो पौराणिक फिल्म यसअघि नै भारतमा अहिलेसम्मकै सबैभन्दा महँगो फिल्मको सूचीमा नै समावेश भइसकेको छ । ‘रामायणः पार्ट वन’ को बजेट १० करोड अमेरिकी डलर अर्थात ८३५ करोड रुपैयाँ हुने बताइएको छ ।
निर्माताहरूले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा बनाउन लागेको बताइएको छ । यसका लागि अनुमानित ८ खर्ब ३५ करोडको मेगा बजेट तय गरिएको छ । रामायण फ्रेन्चाइजमा निर्माताहरूले पैसाको खोलै बगाउन तयार रहेको स्रोतहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । यो फिल्मको भिजुअल इफेक्टले दर्शकहरू निकै ठुलो छाप छाड्ने बताइएको छ ।
२०२२ को ब्लकबस्टर फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर कपुरले मुख्य भूमिका निभाएका थिए । यो फिल्मको बजेट ४५० करोड थियो । फिल्मले बजेटभन्दा बढी कमाइ गरेको थियो । अब रणवीरले ‘रामायण’ मार्फत हिन्दी सिनेमामा नयाँ ट्रेन्ड सेट गर्ने क्रममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण