बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने
मकवानपुर । बागमती प्रदेशसभा आज बैठक बस्दै छ । दिउँसो ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्य सूची रहेको छ ।
संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राख्ने छन् ।
प्रदेशसभा बैठक बस्नु अघि दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले संसद्को कार्य सुचीलाई अन्तिम रूप दिनेछ ।
सोमबारबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशन बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना राखेका थिए भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो । संसदमा पेस भएको सो अध्यादेश ६० दिन भित्र प्रतिस्थापन विधेयक सहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रीपरिषद् बैठकले सो अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले वैशाख २३ गते सो अध्यादेश जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण