उपेन्द्र यादवको दल संसदमा प्रतिपक्षको बेन्चमा बस्दै
काठमाडौँ । सरकारबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल आजदेखि संसदमा प्रतिपक्षको बेन्चमा बस्दै छ । दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को संयक्त बैठकमा सरकारबाट बाहिरिएसँगै प्रतिपक्षको बेन्चमा बस्न लागेका हुन् ।
सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीबाट यादवले राजीनामा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । गत वैशाख २३ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भई निर्वाचन आयोगमा दर्ता भएको थियो । राईको पक्षमा ७ सांसद लागेका छन् भने यादवको पक्षमा ५ सांसद रहेका थिए ।
जसपा नेपालबाट विभाजन भएर बनेको जसपाले पनि सरकारलाई समर्थन गरेको र सरकारमा जाने तयारी गरेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्रीपदबाट राजीनामा दिएका थिए । त्यसलगतै प्रधानमन्त्री प्रचण्डले विभाजन भएको दलबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण