डा. केसीको माग पूरा गर्न संघको आग्रह
सोमबार, २५ कात्तिक २०७६, १४ : ३७

काठमाडौँ । नेपाल चिकित्सक संघले कात्तिक १८ देखि अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका महासचिव डा. लोचक कार्कीद्वारा जारी विज्ञप्तिमा डडेल्धुरामा १७ औँ अनशन बसेका डा. केसीको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।
चिकित्सक संघका आजीवन सदस्य समेत रहेका डा.केसीले उठाएको माग संविधानको भावना र मर्म अनुसार भएको भन्दै संघले यसअघि डा. केसी र नेपाल चिकित्सक संघबीच भएका सम्झौताहरुको अक्षरंश कार्यान्वयन गर्न माग गरिएको छ ।
डा. केसी आफ्नो १६ औँ अनशनसम्म सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै १७ अनशन बसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन
-
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ? संसद् र सरकारबिच विवाद
-
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल