बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

साधना लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तरोन्नति

बिहीबार, १२ मङ्सिर २०७६, १८ : ५३
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं–साधना लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्तमा स्तरोन्नति भएको छ ।

लघुवित्त कम्पनी ऐन २०६३ अन्तर्गत २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई ०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा संचालनमा आएको थियो । 

१० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त गरी०७४ कार्तिक २२ गतेबाट गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालयवाट वित्तीय कारोवार गर्दै आएको छ ।  

कम्पनीलाई नेपाल राष्ट्र बैंकको यही मंसिर ११ गते पत्र दिए पछि नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त भई राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको हो ।

साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखा नगरपालिका हरमटारीमा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्ण वहादुर थापाले बताए ।

संस्थाको कुल निक्षेप ४० करोड, कुल लगानी १ अरव ४५ करोड, शाखा संख्या कुल ४७, सदस्य संख्या ३८,००० रहेको छ । 

वित्तीय संस्थाको हालको चुक्ता पूँजी १४ करोड ७० लाख रहेको छ । सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्ता पूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप